सिड्नीमा अनेसास एनएसडब्लुले महाकवि लक्ष्मी प्रसाद देवकोटालाई सम्झँदै सम्पन्न गर्यो लक्ष्मी जयन्ती:

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुको आयोजना तथा हिमालयन रेडियोको सहकार्यमा सिड्नी स्थित हिमालयन रेडियोको प्राङ्गणमा लक्ष्मी जयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ।

महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपाली मानव चेतनाका एक उच्चतम व्यक्ति :अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटा।

हिमालयन रेडियोमा सम्पन्न सो कार्यक्रममा अनेसास केन्द्रकाउपाध्यक्ष तथा एनएसडब्लुका संस्थापक अध्यक्ष भीमसेन सापकोटाले महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपाली मानव चेतनाका एक उच्चतम व्यक्ति भएको बताउनुभयो । सो कार्यक्रममा उहाँले देवकोटा प्रति समर्पित गर्दै कविता वाचन गर्नुभयो ।सो कविता सुन्न तलको लिंकमा क्लिक गर्नुहोला। 

 

महाकवि लक्ष्मी प्रसाद देवकोटा एक उदाहरणिय व्यक्तित्व हुन उनका कविताबाट मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु आजको आवश्यकता हो: अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा।

यहि सोमबार सम्पन्न सो कार्यक्रममा बोल्दै शर्माले स्रष्ठाको जयन्ती मनाइरहँदा उनका सृजना पढेर आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताए। महाकवि देवकोटाले लेखेका कृति मात्रै पढ्ने प्रयत्न गरौँ जीवनमा धेरै कुरा सिक्न सक्छौँ उनले थपे । कार्यक्रममा शर्माले देवकोटालाई समर्पित गर्दै शर्माकै कविता संग्रह “प्रवासका जूनहरूबाट” खोजि शिर्षक को कविता सुनाएका थिए। सो हिमालयन रेडियोमा प्रस्तोता टिका कार्कि रहेका थिए। सो कविता सुन्न यो लिंकमा क्लिक गर्नुहोला।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा अनेसास एनएसडब्लु को आयोजना र हिमालयन रेडियोको सहकार्यमा हिमालयन रेडियोको प्राङ्गणमा आज लक्ष्मी जयन्ती विशेष कार्यक्रममा सम्पन्न भयो। सो कार्यक्रममा अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्माले कविता वाचन गरेका थिए।

Ausnepalnewsさんの投稿 2017年10月23日(月)

https://www.facebook.com/Ausnepalnews2/videos/1550907238281411/

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा अनेसास एनएसडब्लु को आयोजना र हिमालयन रेडियोको सहकार्यमा हिमालयन रेडियोको प्राङ्गणमा आज लक्ष्मी जयन्ती विशेष कार्यक्रममा सम्पन्न भयो। सो कार्यक्रममा अनेसासका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा (राजन शर्मा) ले कविता वाचन गरेका थिए।

Ausnepalnewsさんの投稿 2017年10月23日(月)

162 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु