ग्यास्ट्रिकदेखि पिशाबको संक्रमणसम्म यस्ता छन् मेथीका फाइदाहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । तरकारीमा मेथी हालेको धेरैले मन नपराएपनि स्वास्थ्यका हिसाबले भने अत्यन्तै फाइदाजनक खानेकुरामा पर्छ । मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, फोस्फोरस, जिंक र फोलिक एसिड, भिटामिन ए, बी र सी, भरपुर मात्रामा फाइबरस् , प्रोटिन , स्टार्च , सुगर जस्ता पोषक तत्व हुने भएकाले हामीले दैनिक मेथी खाने बानी बसाल्नु उपयुक्त हुन्छ । मेथीका धेरै फाइदा मध्येका केहि फाइदाहरू यस प्रकार रहेका छन् :

१) नियमित मेथीको दाना खानाले पुरुषहरुको वीर्य स्वास्थ्य हुनुका साथै पुरुषहरुमा बाँजोपनको समस्याबाट पनि राहत मिल्छ ।

२) मेथीको दानाले शरीरका फोहोरलाई बाहिर निकाल्नुका साथै मिर्गौलालाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।

३) मेथीको दानाले ग्यास्ट्रिकको समस्याबाट बचाउनुका साथै यसले पेट पोलेको र एसिडिटीको समस्याबाट राहत् दिलाउँछ ।

४) मेथीको दानामा पाइने सल्युबल फाइबरले सुगरलाई नियन्त्रण गरेर मधुमेहको खतराबाट बचाउँछ ।

५) मेथीमा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ र हृदयघातको सम्भावनालाई कम गराउँछ ।

६) भिजाएको मेथीको दाना पाचन प्रणालीलाई स्वस्थ राख्नुका साथै कब्जियत र पेटसम्बन्धी अन्य समस्यालाई पनि टाढा राख्छ ।

७) मेथीको दानाले शरीरका फोहोरलाई बाहिर निकाल्ने हुनाले यसले छालालाई स्वस्थ राखेर पिम्पल जस्ता समस्याबाट बचाउँछ ।

८) दैनिक बिहान भिजाइएको मेथीको दानालाई कपालमा लगाउनाले कपाल सेतो हुनबाट बचाउँछ, कपाललाई नरम हुन्छ र झर्नबाट पनि रोकिन्छ ।

९) पाइल्सको समस्या भएकालार्इ पनि मेथी सेवनले लाभ पुर्याउँछ ।

१०) धेरै पिशाब लागिरहने वा पिशाबमा संक्रमण हुनेहरूका लागी पनि मेथी धेरै लाभदायक हुन्छ ।

282 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु