अष्ट्रेलियामा हुने मृत्युको मुख्य कारण मुटु रोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । सन् २०१६ मा अष्ट्रेलियामा मृत्यु भएका मध्ये धेरै जसोको मृत्यु मुटु रोगकाे कारण भएको बुधबार सार्वजनिक भएको एक प्रतिवेदनले देखाएको छ ।

वर्षभरीमा मृत्यु भएका कुल एक लाख ५८ हजार ५०४ जनामध्ये १९ हजार ९९ जनाको मुटुसम्बन्धी रोगका कारण मृत्यु भएको पाइएको हो । यसैको अाधारमा मृत्यु भएका मध्ये १२ प्रतिशतको मृत्युको पछाडि मुटु रोग देखिएको छ ।

त्यसैगरी दोस्रो मुख्य कारण मनोभ्रंश भएको र यसबाट ८.३ प्रतिशतको मृत्यु भएको प्रतिवेदनले देखाएको छ । यसैगरी मृत्यु हुनुको तेस्रो मुख्य कारण दिमागमा रगत जम्नु रहेको छ जसका कारण वर्षभरी मृत्यु भएका मध्ये ६.६ मृत्यु यसबाट हुने गरेको प्रतिवेदनले देखाएको छ ।

 

204 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु