के छ छठ पूजाको धार्मिक मान्यता ? किन गरीन्छ सूर्यको उपासना ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । छठ पर्व नेपाल र भारतका हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। नेपालको विशेष रुपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ ।यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ ।

परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?

भगवान् राम १४ वर्षको बनवासको अवधिमा रावणको बध गरेका थिए । सो अवधि पूरा हुनासाथ कात्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको आठौँ दिनमा छठ पूजा हुने गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण ९रावण० हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो ।

अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त हुनुभएको थियो । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ । यी दुइटै महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी माता र सूर्यको उपासना गरी पर्व सम्पन्न गरिन्छ ।

यसका साथै, रोगग्रस्त, सन्तानहीन, अल्पायुमा मृत्युलगायतका कष्टमा रहेका मानिसको दुःख नाशको के उपाय रहेको सम्बन्धमा सर्वशास्त्रज्ञ शौनकमुनिले सूतजीसमक्ष जिज्ञासा राख्नुभएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सोही अवसरमा उपस्थित भीष्म पितामहले पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउन थाल्नुभयो । सोही क्रममा उहाँले एउटा दुष्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो । सो कष्टबाट मुक्ति पाउनका लागि उनले मृत्युलाई वरण गर्नु नै उत्तम उपाय ठाने र सोही समयमा एक विद्वान् ब्राह्मण दरबारमा पुगेका छन् ।

राजाले उहाँसमक्ष आफ्नो स्वास्थ्यका साथै कतिपय प्रजा पुत्रविहीन रहेको, सन्तान अल्पायुमा मर्ने, पतिले पत्नी त्याग गर्नेलगायतका दुःखको अन्त्यको समाधानको उपाय खोज्न निवेदन गर्नुभयो ।

विद्वान् ब्राह्मणले यी सबै कष्टको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेको बताउँदै कात्तिक शुक्ल पञ्चमी९खरना०देखि अस्ताउँदो र उदाउँदो सूर्यको पूजाको सम्बन्धमा विस्तारमा जानकारी गराउनुभएको थियो । राजाका साथै प्रजाले सोही तिथिमा सूर्यदेवको पूजा गरेपछि कष्टबाट मुक्त भएको विश्वास छ ।

यो पर्व कृषिमा आधारित पर्वको रुपमा रहेको देखिन्छ । यस पर्वमा नयाँ बाँसको टोकरी, कोनियाँ, पंखाका साथै प्रसादका रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भण्टा, मूला, सुथनी, अँकुरी, अलुवा, जुटा र पकवानको रुपमा ठेकुवा, भुसुवा र मिठाई प्रसादको रुपमा चढाउने गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अघ्र्यको रुपमा चढाइएका प्रसाद पुनः उदाउँदो सूर्यलाई अर्पन गर्न सकिन्छ वा नयाँ पकवान अघ्र्यको रुपमा अर्पन गरिन्छ । तर, उदाउँदो सूर्यलाई अघ्र्य अर्पन नगरेसम्म प्रसाद वितरण गर्न पाइँदैन ।

यो पर्व नियम निष्ठा एवं पवित्रताका साथ मनाउने पर्वको रुपमा रहेको छ । यो पर्व खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ । एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्ने गरिन्छ

195 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु