तिहार सकिएसँगै अष्ट्रेलियामा फेरी एक नेपालीको दुखद् मृत्यु, परीवारद्वारा सहयोगको अपील

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । अष्ट्रेलिया स्थित मेलवर्नको अागलागीमा परी एक नेपालीको मृत्यु भएको खबर सेलाउन नपाउँदै सीड्नीमा अर्को एउटा दुखद खबर बनेको छ । सीड्नीमा बसोबास गर्दै अाएका एक २६ वर्षीय नेपाली विद्यार्थी अन्जन भटरार्इको मष्तिष्कको खराबी अर्थात ब्रेन ह्याम्रेजका कारण मृत्यु भएको छ । अाइतबार राति उनलार्इ मृतक घोषणा गरीएको हो ।

उनीसँगै कोठामा बस्ने राजेश पुडाशैनीका अनुशार राजेश दिउँसो कोठामा अाउँदा अन्जन सुतीरहेको अवस्थामा भेटीएका थिए । बोलाउँदा नउठेपछि अन्जन अचेत भएको पाइएपछि तुरून्तै एम्बुलेन्सलार्इ खबर गरेर अाकस्मिक उपचारका लागी अस्पताल लाने क्रममा उनलार्इ बाटैमा मृतक घोषीत गरीएको थियो । डेढ वर्ष अघि मात्र अष्ट्रेलिया अाएका उनी होल्मस् कलेजमा अकाउन्टिङ् विषय अध्ययन गर्दै अाएका थिए ।

उनले कोठामा अाएको त्यस दिनमा अनाैठो कुरा गरेको, भोक लागेको जस्तो व्यवहार देखाएको, चिट्चिटाहपन र अलिकति फरक व्यवहार देखाए पनि अाफुलार्इ अन्जन यति ठुलो समस्यामा थियो भन्ने नलागेको राजेश पुडाशैनीले असनेपाल न्युजलार्इ बताए । तिहारमा एकजना दिदी बनाएर टिका समेत लगाएर उनी फर्केका थिए । त्यसै दिन उनले नेपालमा अघिपछि फोन गर्न नभ्याएका सबै अाफन्तलार्इ फोन समेत गरेका थिए ।

उनको पोष्ट मार्टमको तयारी चलिरहेको अवस्थामा प्रहरीले अनुमतिका लागी मृतकका अभिभावकसँग अनुमति मागीरहेको छ तर मृतकका पीताले मरीसकेपछि पोष्ट मार्टम गर्न अस्वीकार गरेको अष्ट्रेलिया स्थित न्यु साउथ वेल्स(NSW)का महावाणिज्य दुत दिपक खड्काले असनेपाल न्युजलार्इ बताएका छन्  । त्यसैले पोष्टमार्टम कार्य अहिले अवरूद्द भएको छ । परीवारले लाशलार्इ नेपाल ल्याउन पहल गरेका छन् । लाश नेपाल ल्याउन ठुलो रकम चाहिने तर अाफुहरूसँग अावश्यक धनराशीको अभाव भएका कारण अष्ट्रेलियाका शुभचिन्तक तथा सम्पुर्ण नेपालीहरूमा सकेको सहयोग गर्न अपील गरेका छन् ।

परीवारलार्इ उक्त कार्यमा विभिन्न संघ संस्थाको पनि सहयोग होस् भन्ने सन्दर्भ पारेर उनकै कोठामा बस्ने अभिशेक थापाको फोन नम्बर तथा खाता नम्बर राखीएको छ ।

थापाको विवरण यस प्रकार रहेको छ :
ठेगाना:४ मरीयन स्ट्रिट,अवर्न

फोन नं :०४०४२१५३९९(अभिशेक थापा)

            :+६१४३४५७०३७९ (भिमसेन सापकोटा )

खाता नं :१०५०४९८४

बीएसबी नं:०६२१०५

विश्वभर रहेका नेपाली समुदायमा विभिन्न समयमा यस्तो समस्या हुने गरेको र नेपालीहरूकै सहयोगमा पीडामा परेकाहरूकाे उद्दार हुने गरेको छ । यस अवस्थालार्इ पार लगाउन न्यु साउथ वेल्स(NSW)का महावाणीज्य दुतले अाफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । यसैगरी अष्ट्रेलियामा भइपरी अाउने यस्तै दुख पीडाका लागी सहयोग गर्नका लागी एनअारएन लगायतका विभिन्न संघ संस्थाहरूले पनि सहयोगीका रूपमा भुमीका खेल्ने गरेका छन् ।

4,085 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु