अष्ट्रेलियामा बस्ने नेपालीहरुले पनि विशेष तवरले नेपाली पर्व तिहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिडनी-   विभिन्न देशमा जस्तै अष्ट्रेलियामा बस्ने नेपालीहरुले पनि विशेष तवरले नेपाली पर्व तिहार मनाएका छन् । जुन पर्वमा अष्ट्रेलियाका विभिन्न स्थानमा दिदीबहिनी, दाजुभाईहरुले शुभ मुहूर्तमा टिका लगाइ तिहार मनाएका छन्  ।

यो सँग सँगै काग तिहार देखी नै नेपालीहरुले आ आफ्नो रित र चलन अनुसार विभिन्न स्थानमा तिहार पर्व मनाएका छन् । यसै क्रममा अष्ट्रेलियामा भारतिय, न्युजिल्याण्ड, फिजीयन, अष्ट्रेलियाली र नेपाली दाजुभाई र दिदीबहिनी मिलेर सामुहिक टिका लगाएका छन ।  विभिन्न देशका दिदीबहिनी सँग तिहार पर्व मनाइएको अष्ट्रेलियमा सकारात्मक सोच तथा सामाजिक अभियन्ता भनेर चिनिने आचार्य राजन शर्माका बताए । यस्तै गरेर देउसी भैलो तथा विभिन्न कार्यक्रम पनि गरिएको थियो  । यसै क्रममा (GSPSS)विश्व अध्यात्म तथा शान्ती विज्ञान समाजले अष्ट्रेलियाका विभिन्न स्थानमा देउसी भैलो कार्यक्रम गरेको छ  ।

कार्यक्रममा बालबालिका देखी वृद्द वृद्दाको समेत  उत्साहजनक सहभागीता रहेको थियो । यसले नेपाली चाडपर्व तथा रितीरिवाज लाई विदेशी भुमीमा प्रचार प्रसार गरेको मात्र होइन आफ्नो पर्व भित्र रहेको आदर्श त्यस भित्र निहित विज्ञान र त्यसका सकारात्मक पाटाहरुले समुदायका जिवन लाई उत्थान गर्नको लागी सघाउ पुग्न सक्ने समुदायका अग्रज हरुले बताएका छन् । यसै क्रममा पेन्सस कम्युनिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठका  अनुसार तिहार अब नेपाली हरु सँग जोडीएको एक पहिचान भइसकेको छ। यो पहिचानले विश्वव्यापी रुपमै नेपाली लाई चिनाउने एउटा विशेष पर्वको रुपमा मानिन्छ र अष्ट्रेलियामा नेपाली परम्परामा दाजुभाई चिनाउने   गरिमामय पर्व छ यदी त्यो पर्व अरु देशमा पनि मनाउने हो भने त्यसले बन्धुत्व भात्रृत्व बढाउने कुरा भाईटिका गर्दै गरेकी सिन्नीले असनेपाल न्युजलाई बताइन।

फिजियन चेली जसले नेपाली टिका लगाएकी अनिता महाराजले भनिन कि नेपालीमा भाइचारा बन्धुत्व र सद्भाव प्रवृती र मानवलाई एकैसाथ पुजा गर्ने तिहार जस्तो पर्वले विश्वलाई जोडन र विश्व शान्ती फैलाउन योगदान पुर्याउंछ भनि बताउइन ।

तिहार कै उपलक्ष्य पारेर अष्ट्रेलियाको संसद भवनमा पनि दिपावली गरिएको थियो । त्यस्तै गरेर नेपाली हरुको बसोबास बढदै गइरहेको बस्तीहरुमा पनि यो पर्व विशेष उत्सवका साथ मनाइएको थियो ।

228 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु