दिनमा पाँच चक्कीभन्दा बढी औषधिको सेवन स्वास्थ्यको लागि खतरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै धेरै औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

बढ्दो उमेरमा अत्याधीक अाैषधी सेवनले कमजोर गराउँछ जसकारण सहन शक्तिमा कमजोरी देखा पर्नुका साथै राम्रोसँग कुनै पनि काम गर्न सकिँदैन । कमजोरी बारम्बारहुँदा अकस्मात लड्न सक्ने र मृत्यु हुने सम्भावना पनि उच्च रहेको हुन्छ ।

उमेर बढ्दै जाँदा शरिरमा देखिने स्वास्थ्य समस्यासँग जुध्नु एकमात्र उपाय औषधी नै भएपनि शोधकर्ताका अनुशार एकदिनमा पाँच चक्कीभन्दा बढी औषधीको सेवनले स्वास्थ्यमा निकै नराम्रो असर पर्न जान्छ र खतरा पनि बढ्छ ।

जर्मनी क्यानसर रिसर्च सेन्टरले ५० देखि ७० बीचका मानिसहरुमा गरेको अध्ययनबाट यस कुराको पुष्टी भएको हो । अध्ययनमा २००० मानिसहरु सहभागि रहेका थिए ।

187 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु