प्रेमको अनुभव गर्न पाएकी छैन: रञ्जु दर्शना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पत्रकारितामार्फत युवा पुस्ताका बारेमा लामो समय सम्म कलम चलाएका अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । नायिका बेनिसा हमाल, पत्रकार स्वेच्छा राउत, रेडियोकर्मी महावीर विश्वकर्मा र लेखक कोइरालाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।

पुस्तक विमोचन कार्यक्रममा पुगेकी रञ्जु दर्शनाले प्रेमलाइ अनुभव गर्न सकिने तर परिभाषित गर्न नसकिने बताइन ।

सानै उमेरमा विवेकशील पार्टीका तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएका कारण निकै नै चर्चामा आएकी दर्शनाले आफूले भने प्रेमको अनुभव लिन नपाएको बताइन् । प्रेमका पनि विभिन्न प्रकार हुने बताउँदै उनले चुनाव प्रचारप्रसारको समयमा नागरिकहरुबाट पाएको स्नेहलाई भने बिर्सन नसक्ने बताइन् ।

त्यस्तै कार्यक्रममा बेल्दै पत्रकार स्वेच्छा राउत ‘प्रेमालय’ ले प्रेमलाई हेर्ने वैकल्पिक दृष्टिकोण प्रस्तुत गरेको बताइन् ।

बुकहिल पब्लिकेसनले प्रकाशन गरेको ‘प्रेमालय’ को मूल्य ३३३ रुपैयाँ रहेको छ । ‘प्रेमालय’ का लेखक अश्विनी कोइरालाको गैरआख्यान ‘उनी’ र कथासंग्रह ‘जुकरबर्ग क्याफे’ प्रकाशित छन् ।

189 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु