यस्ता छन् एक टुक्रा अदुवाका ७ फाइदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अदुवाले चरकारीलार्इ स्वादीलो बनाउने मात्र होइन यो स्वास्थ्यकाे लागि निकै लाभदायक पनि मानिन्छ । यसमा पाइने तत्वहरु धेरै समस्याका लागि फाइदाजनक मानिन्छ ।  केबल एक टुक्रा अदुवा सेवन गर्दा हुने फाइदाहरू यस प्रकार रहेका छन् :

१) यसमा एन्टिसेप्टिभ गुण हुने भएकाले छाला सम्बन्धी समस्याबाट बचाउँछ । पिम्पल हटाउन पनि यसले मद्दत गर्छ ।

२) यसले शरीरको प्रतिरोघात्मक क्षमताको पनि वृद्धि गर्छ । साथै यसले रुघा खोकी जस्ता संक्रमणबाट समेत बचाउँछ ।

३) अदुवाले कोलेस्ट्रोलको लेभल कम गर्छ जसले हृदयघातक समस्याबाट जोगाउँछ ।

४) यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउनुका साथै गिजा सम्बन्धी समस्याबाट पनि टाढा राख्छ ।

५) अदुवामा पाइने थर्मोजेनिक तत्वले तेजीसँग बोसो पगाल्न सक्छ । नियमित अदुवा सेवन गरेर तौल घटाउन सकिन्छ ।

६) अदुवामा आइरन हुने भएकाले रगतको कमीका कारण हुने एनिमियाबाट बचाउँछ ।

७) अदुवामा पाइने इन्फ्लामेटरी गुणले जोर्नीको दुखाइबाट जोगाउँछ ।

तर कतिपय अवस्थामा मानिसले यसलाई सेवन गर्नु हानिकारक पनि हुन सक्छ । विशेषगरी निम्न अवस्थामा अदुवा सेवन  निकै घातक हुने गर्छ:

१)अदुवा धेरै सेवन गर्दा शरीरमा एसिडको मात्रा बढ्छ । त्यसकारण एसिडिटी जस्तो पेटको समस्या भएकाले अदुवा खानु उचित हुँदैन ।

२)अदुवा धेरै सेवन गर्दा रगतको सुगर लेभल बढ्छ । त्यसैले मधुमेहका बिरामीले अदुवा खानु हुँदैन ।

३)अदुुवाले शरीरमा धेरै गर्मी पैदा गराउन सक्छ र यसले पोल्ने पनि हुन्छ । यसकारण महिनावारी समस्या भएका महिलाहरुले अदुवा नखाएको राम्रो मानिन्छ ।

 

207 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु