यी देश जस्को आफ्नो छुट्टै नक्सा समेत छैन!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । विश्वका हरेक मुलुकको आ-आफ्नै मानचित्रमा नक्सा हुन्छन भन्ने तपाई सोचिरहनु भएको छ भने तपाईको यो सोच गलत छ । विश्वमा यस्ता देश पनि छन जस्को आफ्नै नक्सा समेत छैन । ती देशको आफ्नो भिन्न अस्तित्व त छ तर नक्सा भने छैन । विश्वका पाँच भन्दा बढी देशका नक्सा छैनन । कुन- कुन हुन त ती देश ?

१)सोमालिल्याण्ड

सन् १९९० को दशकको सुरुवातमा सोमालियामा द्धन्द्ध आरम्भ भएको थियो । यसै शिलशिलामा सोमालियाको उत्तर पूर्वी क्षेत्रले स्वंयलाई सोमालियाबाट अलग र स्वतन्त्र घोषित गरेको थियो । त्यसपछि यो देशले त्यहाँको झण्डा र मुद्रा पनि अलग बनाएको छ तर छुट्टै नक्सा भने हालसम्म पनि छैन ।

२)ट्रान्सनिष्ट्रिया 

सन् १९९० मा यो देश चिसिनाऊ नामक देशबाट अलग भएको थियो । यो देशको आफ्नै प्रशासन रहेको छ । आफ्नो छुट्टै राष्ट्यि मुद्रा, सैन्य क्षमता र झण्डा रहेको छ । तर यो देशको छुट्टै कुनै नक्शा भने छैन । विश्वमा यो देशका बारेमा कम मानिसहरु मात्र जानकार छन् ।

३)इराकी कुर्दिस्तान

यो देश एघारौँ शताब्दीदेखि नै एक स्वतन्त्र देशका रुपमा रहदै आएको छ । यो देश इराकमा अवस्थित रहेको छ । तत्कालिन तानाशाह सद्धाम हुसेनको समयमा देश प्रगतिको पथमा रहेको थियो । तर सन् १९८० मा त्यहाँ एक आक्रमणको शिकार भएर ५ हजार भन्दा बढी मानिसहरु मारिएका थिए । पछि थुप्रै आक्रमण भए पनि हाल भने उक्त देश सुरक्षित रहेको छ । यो देशको अस्तित्व रहेपनि हालसम्म पनि विश्वमानचित्रमा यो देशको नक्सा रहेको छैन ।

४)वेस्टर्न सहारा 
यो एउटा अफ्रिकन देश हो । जसलाई रिपब्लिक वेस्टर्न सहाराको नामले चिनिन्छ । यो अफ्रिकन यूनियनको एउटा अंगका पनि रहेको छ । यद्यपी यो देश हालसम्म पनि स्वतन्त्र भने भएको छैन तर आफ्नो स्वतन्त्रका लागि संघर्ष भने गरिरहेको छ । यहाँको जनसंख्या ५ लाख रहेको छ ।

५)सेबोर्गा
यो देशका बारेमा प्राय मानिसहरु जानकार छैनन । धेरै कम क्षेत्रफल रहेको सानो यो देश न्यूयोर्कको से्न्ट्ल पार्क बराबर रहेको छ । यो देशको आफ्नो छु्ट्टै झण्डा र मुद्रा त छ तर हालसम्म विश्व मानचित्रमा यो देशको नक्शा भने रहेको छैन ।

 

229 total views, 3 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु