देउवाले गरे पुनः मन्त्रिपरिषद् विस्तार, कमल थापाले पाए उपप्रधान्मन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् ।

राप्रपाका नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापाले विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् भने राप्रपाकै चार नेताहरु कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । राज्य मन्त्रीहरुको पनि मन्त्रालय तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको र नवनियुक्त मन्त्रीहरुको भोलि शपथग्रहणको कार्यक्रम हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

104 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु