बाम गठबन्धनबाट अलग्गियो नयाँ शक्ति,बाबुराम गोरखा २ बाटै लड्ने(विज्ञप्ती सहित)

काठमाडौं ।नेकपा एमालेसँग पार्टी एकता गरेर वाम एकतामा भाग लिने घोषणा गरेको नयाँशक्ति पार्टीले एमाले सहित वाम एकताबाटै बाहिरीने निर्णय गरेको छ । एमालेकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने निर्णय गरेको नयाँ शक्तिले भागबण्डा नमिल्दा अलग्गिएको हो ।

भट्टराईले चुनाव लड्न खोजेको गोरखा २ मा माओवादीले छोड्न नमानेपछि भट्टराई आफ्नै पार्टीको चुनाव चिन्ह देब्रे आँखा लिएर गोरखा २ बाटै चुनाव लड्न लागेका हुन् ।शुक्रबार बसेको नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले आँखा चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको हो ।

गठवन्धनमा आवद्ध दल एमाले र माओवादी केन्द्र सहमतिको मर्मविपरित गएकाले आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ –
१. गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।

२. संविधानको आधारभूत अन्तरबस्तु ९गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता० लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने । यसअघि नै निर्णय भइसकेका निम्न क्षेत्रहरुमा भने पूर्ववत् निर्णय अनुसार नै उम्मेद्वारी दिनेस्

१. डा। बाबुराम भट्टराई – गोरखा–२
२. कृष्णकुमार चौधरी – कैलाली–३
३. दानबहादुर चौधरी – कपिलबस्तु–१
४. प्रेम तामाङ – रसुवा
५. मदन राई – खोटाङ

३. समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने ।

४.उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने ।

– केन्द्रीय कार्यालय
नयाँ शक्ति पार्टी, नेपाल

65 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु