सिड्नी र मेलबर्नको तापक्रम उच्च हुने चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अष्ट्रेलियाले केहि दशक भित्रै ५० डिग्री सेल्यिस तापक्रमको सामना गर्नु पर्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) ले गरेको अनुसन्धान अनुसार अष्ट्रेलियादुई ठूला सहर सिड्नी र मेलबर्नका साथै देशका अन्य क्षेत्रहरुमा पनि अत्याधिक तापक्रम वृद्धि हुने बताएको छ ।

अध्ययनले पेरिस जलवायु सम्झौताका सर्तहरु पालना गर्दा पनि तापक्रममा वृद्धि हुने बताएको हो।

‘सिड्नी र मेलबर्नजस्ता मुख्य सहरले सन् २०४० भित्रै ५० डिग्री सेल्सियस तापक्रमको सामना गर्नुपर्ने हुनसक्छ,’ अध्ययनमा भनिएको छ।

सिड्नीमा सबैभन्दा उच्च तापक्रम सन् २०१३ मा ४५.८ डिग्री पुगेको थियो भने मेलबर्नमा २००९ मा ४६.४ डिग्री पुगेको थियो ।

 

187 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु