प्रवासी नेपाली मञ्च एनएसडब्लु अष्ट्रेलियाको आयोजनामा सिड्नीमा देउसी भैलो कार्यक्रम हुने:

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालीहरु संसारको जुन जुन मुलुकमा छन त्यहाँ आफ्नै संस्कृतीलाई छातीमै राखेर बाँचेका हुन्छन्। जब मूलुकको संस्कृती बाँच्दछ ती मूलुकका सन्ततीहरु युगौँ युग बाँच्दछन संस्कृती सँगै।

मन नेपाली तन नेपाली प्रवासमा रहने विभिन्न संघ-संस्थाहरुले नेपाली चाढ पर्व आफ्नै मौलिक पनमा मनाउने गर्दछन् । यस्तै प्रवासी नेपाली मञ्च एनएसडब्लु  अष्ट्रेलियाले विगतको वर्ष जस्तै यस वर्ष पनि सिड्नीमा देउसी भैलो खेल्ने भएको छ।

आफ्नै संस्कृतीलाई जगेर्ना गर्ने साथै पछिल्ला पुस्तामा आफ्नै मौलिक रिती रिवाज सिकाउने उदेश्यका साथ देउसी भैलो आयोजना गरिएको प्रवासी नेपाली मञ्च एनएसडब्लुका सचिव कृष्ण सापकोटाले असनेपालन्युजलाई बताए। सापकोटाका अनुसार २० अक्टोबर २०१७ शुक्रबारका दिन सिड्नी वरपर भैलो खेलिने बताए। देउसी भैलोमा सांस्कृतीक नृत्य संग संगै देउसी भैलोको विशेष प्रस्तुती रहनेछ। सो देउसी भैलो (आचार्य राजन शर्मा )भीमसेन सापकोटाले आकर्षक शैलिमा भट्टाउनुहुनेछ।

352 total views, 12 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु