तीनदल आ-आफ्नै अडानमा, बैठक निष्कर्ष विहिन

काठमाडौं ।चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन दिउँसो २ बजे संसद भवनमा सभामुख ओनसरी घर्तीले डाकेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा प्रमुख दलका शीर्ष नेताबीच सहमति नजुटेपछि चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयक ल्याउने प्रयास असफल भएको छ ।

दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले आ९आफ्नो अडान राखेपछि नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण विषययमा एमाले सांसद विपक्षमा उभिएपछि विधेयक अलपत्र परेको हो

66 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु