झन्डै ८ करोडको आइपियो निष्काशन गर्दै जलविधुत कम्पनी

काठमाडौं । के तपाई सेयरमा लगानी गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने करिब ८ करोडको सेयर मैलुङ खोला जलविधुत कम्पनी लिमिटेडले जारी गर्ने भएको छ ।

जलविद्युत कम्पनीले सर्वसाधारणका लागि ७ लाख ३६ हजार २८६ कित्ता आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन गरेको छ । आयोजना प्रभावितका लागि दश प्रतिशत सेयर वितरण गरेको कम्पनीले सर्वसाधारणका लागि कूल सेयरको २० प्रतिशत सेयर जारी गर्न लागेको हो ।

कम्पनीले आम सर्वसाधारण लगानीकर्तालाई ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्कासन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

68 total views, 4 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु