प्रेम र असुरक्षित यौन सम्बन्धका कारण बढ्यो गर्भपतन, डरलाग्दो तथ्याकं सार्वजनीक

काठमाडौं । नेपालमा किशोरीहरुको गर्भपतनको तथ्यांक डरलाग्दो रुपमा वाहिर आएको छ । किशोर किशोरीमा यौन प्रतिको उत्सुक्ता र सहि ज्ञानको अभावका कारण सानैमा गर्भवती हुने र गर्भ फ्याक्ने कारणले गर्भपतनको संख्या बढी रहेको छ । त्यसमा पनि स्वास्थ्यका दृष्टिले गम्भीर मानिएका २० वर्षभन्दा कम उमेरका किशोरीहरुले गरेको गर्भपतनको तथ्याङ्कलाई हेर्दा कहाली लाग्दो छ ।

यसले समाज कता जादैंछ भन्ने प्रश्न उब्जाईदिएको छ । त्यसमा पनि प्लस टु र कलेज पढ्ने छात्राहरुको सङ्ख्याले त झन् गर्भपतनको तथ्यलाई डरलाग्दो गरी प्रस्तुत गरेको छ । हुन त नेपालमा १६ बर्ष अघि गर्भपतनले कानुनी मान्यता पाएको हो । त्यो बेलादेखि नै नेपालमा गर्भपतन गर्नेको सङ्ख्या उकालो लाग्दै गईरहेको छ ।

बढ्दै गईरहेको समाजको आधुनिकता, घरपरिवारको बेवास्ता, टिनएजमा हुने यौन उन्माद्का कारण जोशमा होस गुमाएर नचाहँदा नचाहँदै किशोरीहरुले गर्भ बोक्न पुगिरहेका हुन्छन् । यसैले गर्दा नेपालमा गर्भपतन गर्नेको सङ्ख्या उकालो चढेको हो । यसबाहेक गर्भपतनको अर्को कारण किशोरावस्थामा आफ्नै उमेरका साथीहरु रोज्ने, उनीहरुसँगै घुम्ने र रमाउने स्वभाव अधिकांशको हुन्छ ।

यसरि इच्छाबिना नै गर्भवती भइसकेपछि थप जिम्मेवारी पूरा गर्न नसक्ने, अविवाहित रहेको, रोजगारी नभएको, कमजोर आर्थिक अवस्था, पारिवारिक समस्या, शैक्षिक तथा सामाजिक कारणहरुले किशोरीहरुले गर्भपतन रोज्नुपर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

डब्लूएचओको पछिल्लो प्रतिवेदनअनुसार विकासोन्मुख देशहरुमा प्रतिएक हजार महिला (१५(४५ वर्ष) मा २९ ले गर्भपतन गर्छन् भने विकसित मुलुकमा यो संख्या २४ छ । नेपालमा यसको अवस्था अलिक फरक छ ।

सन् २०१६ को तथ्यांकअनुसार प्रतिएक हजार महिलामा गर्भपतन गराउनेको संख्या ४२ छ र यो संख्या हरेक विकास क्षेत्रमा फरक(फरक छ । सबैभन्दा बढी मध्यमाञ्चलमा ५९, पूर्वाञ्चलमा ३९, पश्चिमाञ्चलमा ३२, मध्यपश्चिममा २७ र सुदूरपश्चिममा सबैभन्दा कम २१ रहेको तथ्यांकले देखाउँछ ।

नेपालको कानुनले अहिले १२ हप्तासम्मको गर्भपतन गराउन छुट दिएको छ । यदि कुनै कारण भए चिकित्सकको सल्लाह अनुसार १८ हप्तासम्मको गर्भलाई पनि पतन गराउन पाइने कानुनी मान्यता छ । हाडनाता करणी तथा आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा अन्य जुनसुकै अवस्थामा पनि गर्भपतन गराउन सकिने कानुन छ ।

128 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु