भारतमा भोकमरीको अवस्था उत्तर कोरियाको भन्दा नाजुक

एजेन्सी । विश्व अर्थतन्त्रको उदयमान राष्टको रुपमा अगाडी बढेको भारतमा भोकमरीको अवस्था बिकराल रहेको एक अध्ययनले देखाएको छ । भारतमा भोकमरीको अवस्था उत्तर कोरियाको भन्दा बिकराल रहेको ‘ग्लोबल हंगर इन्डेक्स’ले देखाएको छ । अध्ययनमा नेपालको अवस्था भारतको भन्दा निकै सुदृढ रहेको देखाएको छ ।

‘ग्लोबल हंगर इन्डेक्स’मा भारतको अवस्था उत्तर कोरिया, म्यानमार, श्रीलंका र बंगलादेशको भन्दा खराब पाइएको हो । विश्वका विकासशील देशमा भोकमरीको समस्यामाथि इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्यूटका तर्फबाट प्रत्येक वर्ष जारी गरिने रिपोर्टमा एक सय १९ देशलाई समावेश गरिएको छ । उक्त सूचीमा भारत १०० औं नम्बरमा रहेको छ ।

दक्षिण एसियामा भारत यो सूचीमा पाकिस्तान र अफगानिस्तानभन्दा माथि छ ।

76 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु