राजनीतिक भूकम्पले सुक्यो साना दलको पसल,पैसाको बलमा नेता बन्ने अभ्यासमा व्रेक

काठमाडौ । वाम गठबन्धनले राजनीतिक भूकम्प जाँदा दर्जन बढी नामैमा सीमित कोठे दलहरुको पसल सुक्न गएको छ । कोठे दलखोली पार्टीको नेतृत्व गर्दै आएर दलहरु अहिले धमाधम ठूला दलहरुको अश्रयमा पुगेका छन् । नेकपा संयुक्तको माओवादीमा विलय होस वा पूर्व गृहमन्त्री रिजवान अन्सारीको नेपाल संघीय समाजवादी दलमा समावेश भएका दर्जन बढी नामैमा सीमित कोठे दलहरुको एकता अभियान पनि वाम गठबन्धनकै राजनीतिक भूकम्पको असरको प्रभाव थियो ।

नेपालमा क्रिश्चियन धर्म प्रचारक रहेको नेपाल परिवार दलको एमालेसँगको चुनावी सहकार्यमा पुगेको छ । मधेसवादीदलहरु एकभे चुनावी मैदानमा उत्रिने निर्णयमा पुगेका छन् ।  स्थिर र एक दलमा, एक आन्दोलन र नीति तथा कार्यक्रममा सन्तुष्ट हुन नसक्ने प्रचण्ड शैलीले साच्चै माओवादी पार्टी भत्काउदै गर्दा नयाँ राजनीतिक अभ्यासमा देशलाई जर्बरजस्ती धकेलिरहेको छ ।

खासगरी दशैंअघि सम्मका एक अर्काका कडा विरोधी र आलोचक माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको पछिल्लो मिलन देशको राजनीतिमा नयाँ सुनामी बनेको छ । यो भुकम्पलेले साना दल, नेतै पिच्छेको दल र पैसाको बलमा नेता बन्ने अभ्यासमा व्रेक लगाएको छ ।

यसरी देशमा वाम एकताको घोषणाले पनि देशकै राजनीतिक सत्ता अभ्यास र समीकरणमा अनपेक्षित फेरबदल ल्याईरहेको छ । एकातिर वामपन्थी सर्वसत्तावादको उदयको आशंका गरिए पनि अर्कोतिर काउन्टरमा लोकतान्त्रिक कित्ताका दलहरुको पनि समानान्तर गठबन्धनको थालनीले देशलाई स्थिर दलीय अभ्यासमा उकालीरहेको छ । मुख्य दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादीको चुनावी तालमेल तथा पार्टी एकता अभियानले अत्यन्त ठूला राजनीतिक प्रभाव पार्न थालिसकेको छ ।

लोकतान्त्रिक शक्ति र वाम शक्तिको गठबन्धको रस्साकस्सीले देश तीन दलीय दलीय राजनीतिक प्रतिष्पर्धाको चरणमा प्रवेश गरेको छ । तराई मधेशका क्षेत्रीय दलहरु राजपा र संघीय समाजवादीले पनि सहकार्यको औपचारिक घोषणा गरेर त्रिपक्षिय गठबन्धन राजनीतिक आकाशमा उदाएको सन्देश दिएका छन । अब मुलतः वामपन्थी, लोकतान्त्रिक र मधेसी दल मात्र राजनीतिक मैदानका मुख्य खेलाडी र नायक बन्ने छन ।

संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)द्धारा अघिल्लो शुक्रवार मात्रै आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्ने घोषणा गरेपछि अब मधेशमा पनि नेतापिच्छेका दल होईन, समग्र मधेशको एक प्रतिनिधि शक्ति स्थापित भएको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्धारा संयुक्त विज्ञप्ती मार्फत निर्वाचनमा दुवै पार्टीको साझा उम्मेदवारी दिने सहमति अनुसार साझा उम्मेद्धवार छानेर उनीहरुले एकता र सहकार्यलाई सार्थक रुप दिदैछन । उनीहरुद्धारा अन्य दल तथा गठबन्धनसँग तालमेल भएमा पनि दुवै पार्टी संयुक्त सहकार्य गर्ने समेत सहमति गरेर आफ्नो वार्गेनिंग क्षमता पनि बढाएका छन ।

तीन मधेशी दल मध्ये विजय कुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम काँग्रेस नेतृत्वको गठबन्धनमा रहे पनि अब सो दल काँग्रेसमा नै एकतावद्ध हुने लगभग पक्का भएको छ ।

प्रचण्ड र केपी ओलीको एकातकै दबाबमा परेर अन्ततः जुट र फुटको अविराम श्रृखलाका पर्याय बनेका पूर्वपन्चहरु प्नि एकताको बाटोमा फर्कन विवश भएका छन । पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी आगामी निर्वाचनमा एउटै चिन्हमा चुनाव लड्ने सहमतिमा पुगिसकेका छन भने एकता अभियान पनि भित्री रुपमा जारी छ ।

441 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु