भिसा विवाद समाधान गर्न अमेरिका र टर्कीबीच वार्ता हुने

असनेपाल न्युज । अमेरिका र टर्की बीचको भिषा सम्बन्धी विवाद अन्त्य गर्न दुई देशकाबीचमा छलफल हुनेभएको छ ।

टर्कीका उपप्रधानमन्त्री बेकिर बोजडगले दुवै देशका अधिकारीबीच चाडै नै वार्ता हुन लागेको बिहीबार जानकारी दिएका छन् । ‘दुई देशका प्रतिनिधिबीचमा हुने छलफलबाट यो समस्या समाधान गर्न र आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न सक्नेगरी निर्णय हुन्छ भन्ने अपेक्षा गरिएको छ,’ एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले भने ।

गत आइतबार अङ्करामा रहेको अमेरिकी दूताबासले टर्कीलाई कुनैपनि कुटनीतिक सेवा नदिने घोषणा गरेको थियो । अमेरिकाको घोषणापछि प्रतिक्रिया स्वरुप टर्कीको दूताबासले पनि आफ्नो देशमा आवतजावत बन्द गरिदिएको छ । अमेरिकाले आवतजावतमा अवरोध गर्नुको पछाडि सुरक्षा कारण देखाएको छ ।
गत सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप इर्डोगानले अमेरिकी निर्णयको गरेका थिए । उनले अमेरिकाले अनावश्यक दुःख दिने काम गरेकाले टर्कीले पनि स्वभाविक प्रतिक्रिया स्वरुप प्रतिवाद गरेको स्पष्ट पारेका थिए । रासस

71 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु