ह्वाइट हाउसका सबैलाई घृणा गर्छुन् ट्रम्प

असनेपाल न्युज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा रहेका ‘सबैलाई घृणा गर्छु’ भनेका छन् । एकजना निकटम सहयोगीसँग ट्रम्पले यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ ।

ट्रम्पले आफू निकट एकजना अधिकारीसमक्ष ह्वाइट हाउसको प्रशासनमा रहेका सबैलाई घृणा गर्ने बताएको मेट्रो समाचारले जनाएकाे छ । आफ्नो प्रशासनमा रहेका वरिष्ठ अधिकारीसँग सम्बन्ध चिसिदै गएपछि ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो ।

पछिल्लो पटक राष्ट्रपति ट्रम्पको आलोचना गर्ने अधिकारीहरू बढ्दै गएका छन् । केही दिन अघिमात्रै विदेशमन्त्री रेक्स टिलरसनले ट्रम्पलाई ‘मूर्ख मानिस’ भनेका थिए । तर ट्रम्पले गरेको टिप्पणीबारे ह्वाइट हाउसको आधिकारित धारणा बाहिर आएको छैन् ।

69 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु