एक एपिसोडको ११ करोड लिन्छन् सलमान, यस्तो छ अन्य टिभी शोका निर्णायकको अवस्था

काठमाडाैं । बलिउडका धेरै जस्ता सेलिब्रेटीहरु अहिले फिल्ममा कमै देखिएर टिभी शोमा निर्णायकको रुपमा काम गरिरहेका छन् । यसको सूचीमा सलमान खान देखि माधुरी दिक्षितसम्म पर्छन् । यी कलाकारहरुले शोमा निर्णायकको भूमिका निभाएकोमा फिल्म भन्दा बढि रकम लिने गरेका छन् । कसैले एउटा पूरै सिजनको १० करोड लिन्छन् भने कसैले एउटा एपिसोडकै एघार करोड सम्म लिन्छन् ।

माधुरी दिक्षित
अभिनेत्री माधुरी दिक्षितले ‘झलक दिखलाजा’ भन्ने डान्स कार्यक्रमका लागि एक एपिसोडको पारिश्रमिक एक करोड लिने गरेकी छन् ।

करन जोहर
निर्माता करन जोहरले पनि ‘झलक दिखलाजा’कै लागि पूरै सिजनको १० करोड भारतीय रुपैया लिने गरेका छन् ।

रेमो डिसुजा
निर्णायक तथा कोरियोग्राफर रेमो डिसुजाले डान्स प्लस का लागि एक एपिसोड वापद् २.५ लाख मात्रै लिने गरेका छन् ।

ऋतिक रोशन
अभिनेता ऋतिक रोशनलाई बलिउडका सबैभन्दा राम्रो डान्सर मानिन्छ । केही वर्ष अगाडि उनले ‘जस्ट डान्स’ नामक शो मा निर्णायकको भूमिका पनि खेलेका थिए । जसबापत उनले एक एपिसोडकै एक करोड लिएका थिए ।

शाहिद कपूर
अभिनेता शाहिद कपूर पहिलो पटक ‘झलक दिखलाजा’मा निर्णायक बनेका थिए । उनले उक्त शोमा एक एपिसोडका लागि १.७५ करोड भारतीय रुपैया लिएका थिए ।

लाइका अरोरा खान
मलाइकालाई आजभोलि फिल्ममा भन्दा पनि विभिन्न टिभी शो मा निर्णायकको रुपमा देख्न सकिन्छ । थुप्रै शोमा निर्णायक बनिसकेकी उनले ‘झलक दिखलाजा’का एक सिजन बराबर एक करोड लिएकी थिइन् ।

ज्याकलिन फर्नाण्डिज
अभिनेत्री ज्याकलिनले पनि पहिलोपटक डान्स शो ‘झलक दिखलाजा’मा निर्णायकको रुपमा प्रस्तुत भएकी थिइन् । उनले एउटा एपिसोड बराबर १.२५ करोड लिएकी थिइन् ।

सोनाक्षी सिन्हा
अभिनेत्री सोनाक्षी सिन्हाले ‘नच बलिए’मा निर्णायकको भूमिका निभाएबापत एक एपिसोडकै एक करोड लिएकी थिइन् ।

सोहेल खान
अभिनेता सलमान खानका भाई सोहेल खान बलिउडमा कमै देखा पर्छन् । अहिले भने उनी कमेडी शोको निर्णायक बन्नमा व्यस्त छन् । उनले ‘कमेडी सर्कस’को पूरै सिजनका लागि ती करोड भारतीय रुपैया लिएका थिए ।

सलमान खान
अभिनेता सलमान खानले ‘बिग बोस’ होस्ट गरेको लामो समय भइसकेको छ । हप्तामा दुईदिन मात्र शोमा उपस्थित भएपनि उनले अहिले सिजन ११ का लागि एक एपिसोड बराबर एघार करोड लिने गरेका छन् ।

82 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु