बिहान उठ्ने बित्तिकै भुलेर पनि यी ८ गल्ती नगर्नुहोस्

काठमाडौं । हामीले प्रत्येक बिहान गर्ने कामले दिनभरि हाम्रो स्वस्थ्य र ऊर्जामा प्रभाव पार्दछ । बिहान सबेरै गलत क्रियाकलाप गर्नाले हाम्रो शरीर र दिमागमा नकरात्मक असर पर्छ भने राम्रा क्रियाकलापले हाम्रो दैनिकीमा सकारात्मक असर पार्दछ । बिहानको समयमा गर्न नहुने केहि क्रियाकलापहरू यस प्रकार रहेका छन् :

१. ढिलोसम्म सुत्ने
धेरै समयसम्म सुतिरहनाले मोटोपना, डिप्रेसन र मधुमेह जस्ता रोग देखा पर्न सक्छ ।

२. अचानक ओछ्याउनबाट एक्कासी उठ्ने
यस्तो गर्दा हाम्रो रक्तचाप कम हुन जान्छ अनि चक्कर लाग्ने हुँदा हृदयघात समेत हुन सक्ने सम्भावना बढ्छ । त्यसैले बिहान बिस्तारै उठेर जीउ तन्काउनुपर्छ ।

३. उठेर पानी नपिउने
बिहान उठ्ने बित्तिकै पानी नपिउनाले कब्जियत हुने  र शरीरमा पानीको मात्रा कम हुने गर्छ । बिहान उठेर २ देखि ४ गिलास पानी पिउँदा यसले पेट पनि सफा गर्न मद्दत गर्दछ ।

४. व्यायाम नगर्ने
मोटोपना ,थकान, ऊर्जाको कमी, रक्तचापको समस्या, मधुमेह जस्ता रोगबाट बच्नका लागि बिहान उठेर सधैं व्यायाम गर्नुपर्छ । व्यायाम नगर्ने मानिसमा विभिन्न समस्या र रोग देखा पर्ने गरेको छ । त्यसैले घरमै छोटै समय भएपनि व्यायाम गर्ने वा मर्निङ वाकमा जाने गर्नुपर्दछ ।

५. ओछ्यानमै चिया पिउने
यसले शरीरमा एसिडको मात्रा बढाउने, दाँतलाई कमजोर बनाउने र कब्जियत पनि गराउन सक्छ । त्यसैले फ्रेस भएपछि , दाँत माझेर खाजाका साथमा मात्र चिया पिउने गर्नुपर्दछ ।

६. बिहानको खाजा नखाने
बिहान खाजा नखाने व्यक्तिलाई मोटोपना, मधुमेह , थकान जस्ता समस्या हुन सक्छन् । साथै यसले ग्यास्टिक पनि गराउने हुनाले के खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बिहान प्रोटिन र रेशायुक्त खाना खाने गर्नुपर्छ ।

७. धेरै गुलियो खाने
बिहानको समयमा धेरै गुलियो अथवा भारी खाना खाएमा मोटोपना बढ्ने, सुस्त हुने, आलस्यता बढ्ने, मधुमेह र रक्तचापमा समस्या देखा पर्ने हुन्छ । त्यसकारण बिहानको खाजामा अण्डा, दूध, मनतातो कागती पानी, फलफूल जस्ता खानेकुरा मात्र खानुपर्छ ।

८. बिहानको घाममा नबस्ने
बिहानको घाममा बस्दा भिटामिन ‘डी’ पाइने हुनाले घाममा एकछिन भएपनि बस्ने बानी गर्नुपर्छ । बिहानको घाममा मात्र यो भिटामिन पाइने भएकाले आधा घन्टा जति न्यानो घाममा बस्ने गर्नुपर्छ ।

297 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु