दश बर्षीय बालिका बलात्कार गर्ने ८५ बर्षिय बृद्धा पक्राउ

गोर्खा । दश बर्षकी बालिका लाई फकाई बारीमा लगेर बलात्कार गरेको आरोपमा ८५ बर्षिय बृद्धा पक्राउ परेका छन । प्रहरीले बुधबार गोर्खा भिमसेन गाँउपालिका वडा नं. ६ का नूर मोहम्मद मियाँलाई पक्राउ गरेको छ ।

बलात्कृत बालिकाले चिच्याए पछि स्थानिय महिलाले थाहा पाएपछि प्रहरीलाई खबर गरीएको थियो । यस अघि पनि बालिकालाई १०- २० रुपैंया दिई फकाएर मियाँले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

बालिकाकि आमा सुस्तमनस्थिती रहेको र बाबु कामका लागि भारत रहेकाले मियाँले बालिकाको फाइदा उठाउदैं आएका थिए । प्रहरीले बालिकाको साथबाट रु १० पनि फेला पारेको छ ।

रक्तश्राव भएको अवस्थामा उपचारका लागि ल्याइएकी बालिकाको बलात्कार भएको स्वास्थ्य परिक्षणबाट पुष्टि भएको छ ।

71 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु