आदित्य नारायणले मागे सार्वजनिक रुपमा माफि !

काठमाडौं । एयरपोर्टका कर्मचारीलाई अभद्र व्यवहार गरेको तथा अपशब्द बोलेर विवादमा तानिएका गायक उदित नारायण झाका पुत्र आदित्य नारायण झाले सार्वजनिक रुपमा माफि मागेका छन।

भारतिय संचार माध्यमका अनसुार उदित नारायण झाले आदित्यलाई सम्झाएर माफि माग्न लगाएका थिए । आदित्यले गायन प्रतियोगिता सम्बन्भित शो ‘सारेगमप ‘को मंचबाट सार्वजनिक रुपमा माफि मागेका थिए ।

उनले माफि माग्दै भनेका छन ‘म माफि चाहन्छु । मलाई पश्चताप लागेको छ । तपाइहरुलाई थाहा छ म यस्तै छु । यतिका बर्ष मलाई माया, स्नेह र साथ दिनुभएकोमा सबैलाई धन्यबाद दिन चाहन्छु ।’

 

140 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु