भ्रष्टचारीदेखि गुण्डा नाइके सम्म उम्मेद्धारमा सिफारिस

काठमाडौं । प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेद्धारको मनोनयन दर्ता गर्ने मिती नजिकिदै गर्दा दलहरुमा भागबन्डाको किचलोका साथै विवादित अनुहारलाई उम्मेद्धार सिफारिस गर्न थाले पछि विवाद बढ्दै गएको छ । दलहरुले सिफारिस गरेका उम्मेद्धारको सूचिमा गुण्डा नाइके देखि अदालतले भ्रष्टचारी ठहर गरेका र विभिन्न मुद्दामा विचाराधिन भएका व्यक्ति समेत परेका छन ।

देशका ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेमा उम्मेद्धारका लागि सिफारिस भएका व्यक्तिहरु विवादित पृष्ठभूमिका देखिएका छन । नेपाली कांग्रेसले ललितपुरबाट गुण्डा नाइकेका रुपमा कहलिएका मिनकृष्ण महर्जन र विवादित छवि भएका रोज राणलाई जिल्ला कमिटि प्यूठानले प्रदेशसभाको उम्मेद्धारका लागि नाम सिफारिस गरेको छ ।

त्यस्तै भ्रष्टचारको मुद्दामा जेल सजाय भोगिसकेका र संविधानले समेत उम्मेद्धारका लागि अयोग्य ठहराएको खुमबहादुर खड्का समेत कांग्रेसले प्रतिनिधि सभामा क्षेत्र नम्बर १ का लागि सिफारिस गरेको छ । कांग्रेसले योग्य सम्झिएको अर्का विवादित नेता हुन गोविन्दराज जोशी । उनी भ्रष्टचारको मुद्दामा सर्वोच्चको फैसलाको पालो कुरेर बसेका छन । उनलाई तनहुँ १ का लागि सिफारिस गरीएको छ ।

त्यस्तै गरी नेकपा एमालेले पनि विवादित छवि भएका गुण्डा नाइके दीपक मनाङ्गेलाई मनाङबाट प्रदेशसभा चुनावका लागि सिफारिस गरेको छ । मनाङ्गे विरुद्ध बिशेष अदालतमा सम्पति शुद्धिकरण सम्बन्धि मुद्दा छ ।

यद्यपी नेताहरुले भने विवादित छबि भएका व्यक्तिहरु छनोटमा नपर्ने दावी गरेका छन । जिल्ला कमिटिबाट मान्छे रिझाउन विवादित नाम सिफारिस भए पनि उनीहरुले टिकट नपाउने केन्दिय स्तरका नेताहरुको दावी छ ।

 

127 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु