आज गौचनको शव परिवारले बुझने

काठमाडौं । नेपाल निर्माण व्यवसायि संघका अध्यक्ष शरदकुमार गौचनलाई शहिद घोषणा गर्न सरकार सकारात्मक देखिए पछि आज उनको शव परिवारले बुझने भएका छन ।

सोमबार अज्ञात समुहको गोली लागि ज्यान गुमाएका गौचनको हत्यारालाई चाडै पत्ता लगाई कारवाहि गर्नु पर्ने , गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायिक सुरक्षाको माग गर्दै उनको शव परिवार र महासंघले बुझन् मानेका थिएनन ।

गौचनका काका ओमकार गौचनका अनुसार सरकार माग प्रति सकारात्मक भएको र प्रस्ताव मन्त्रिपरिषदको बैठकमा लैजाने आश्वासन दिएकाले शव बुझन लागेको बताए ।

 

109 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु