भारत दुई खेल खेल्नु अघि नै एसिया कपमा छनोट

काठमाडौं । कप्तान सुनिल क्षेत्रीको कप्तानीमा दुई खेल खेल्नु अघि नै २०१९ एसियन कपमा स्थान पक्का गरेको छ । बुधबार राती भएको खेलमा भारतले मकाउलाई ४-१ पराजित गर्दै चौथो पल्ट एएफसी एसिया कप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ। भारतको लगातार यो चौथो जित हो ।

भारतलाई खेलको २८ औं मिनेटमा रोलिंग बोर्गेसले अग्रता दिलाएका थिए । निकोलस टाराओले ३७ औं मिनेटमा मकाउलाई बराबरी दिएका थिए । त्यो मकाउको प्रतियोगितामा पहिलो गोल हो ।

भारतले दोस्रो हाफको ६० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई पुनस् अग्रतामा फर्काए भने लाम सेङ्गको आत्मघाती गोलले भारतले ७० औं मिनेटमा अग्रता बलियो बनायो । जेजेले खेलको इन्जुरी समयमा गोल गर्दै भारतको जित सहज बनाएका थिए ।

भारतले अब २४ नोभेम्बरमा म्यानमार र अघिल्लो वर्षको २७ मार्चमा किर्गिस्तानसँग खेल्न बाँकी छ। यी दुबै खेल भारतका लागि औपचारिक मात्र बनेका छन्। यसअघि भारत १९६४, १९८४ र २०११ मा एसिया कपका लागि छनोट भएको थियो। मकाउसँग जित निकालेको भारतको समूह ए मा १२ अंक रहेको छ। एसिया कप २०१९ मा युएईमा आयोजना हुँदैछ।

175 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु