रूसी राष्ट्रपति पुटीनलार्इ टुर्कमेनिस्तानका राष्टपतिले दिए कुकुर उपहार

असनेपाल न्युज । रूसी राष्ट्रपति पुटीनलार्इ टुर्कमेनिस्तानका राष्टपति कुरबानगुली बर्डिमुखामेडोभले जन्मदिनको अवसरमा कुकुर उपहार दिएका छन् । पूर्व सोभियत राज्यको बैठकमा भेट भएका पुटीनलार्इ ढिलै भएपनि उपहार दिन पाउँदा बर्डिमुखामेडोभ निकै खुसी देखीएका थिए ।  रूसी राष्ट्रपति पुटीन कुकुरमा निकै सौखिन मानिन्छन् । यसै कारण बर्डिमुखामेडोभले जन्मदिनको अवसरमा उनलाई एउटा कुकुर उपहार दिएका हुन् ।

टुर्कमेनिस्तानका राष्ट्रपति कुरबानगुली बर्डिमुखामेडोभले उन्नत जातको एउटा कुकुर उपहार दिएका हुन् । ‘एलाबाई’ जातको उक्त कुकुर उपहारका रूपमा ग्रहण गर्दै पुटिन पनि उत्तिकै खुशी देखीएका छन् । उक्त प्रजातिको कुकुर मध्य एसियामा निकै लोकप्रिय मानिन्छ जुन निकै आक्रामक र बफादार मानिन्छ ।

गत वर्ष मूल्यमा विवाद आएपछि रूसले टुर्कमेनी ग्याँस किन्न बन्द गरेपछि टुर्कमेनिस्तानको ग्याँसलाई पुनः रूसी बजारमा बेच्ने आशा सहित बर्डिमुखामेडोभ बैठकमा सहभागी भएकाे टिप्पणीहरू मानिसहरूले गर्न थालेका छन् ।  विश्वकै चौथो ठूलो ग्याँस भण्डार रहेको टुर्कमेनिस्तानले अहिले आफ्नो ग्याँस चीनलाई बेचिरहेको छ ।

128 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु