यसकारण सुरू भयो ट्रम्पकी पहिलो र तेस्रो श्रीमती बीच चर्काचर्की

असनेपाल न्युज । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरीयाली शाशक किम जोङ उन बीच चर्काचर्की चलिहेको बेला अहिले ट्रम्पको अाफ्नै पहिलो र तेस्री श्रीमतीहरू बीत चर्काचर्की सुरू भएको छ । ट्रम्पकी पहली पत्नी इवाना र तेस्री पत्नी मेलियाना बिच प्रथम महिलाकाे विषयमा अापशी मनमुटाव भएको हो ।

इवानाले एक टिभी कार्यक्रममा दिएको टिप्पणीका कारण मेलियाना र इवानाबीच विवाद बढ्ने क्रम जारी रहेको छ । उक्त कार्यक्रममा इवानाले अाफु पहिलो पत्नी भएकाले अाफु नै अमेरिकाको प्रथम महिला भएको दाबी गरेकी थिइन् । ह्वाइट हाउससँग अाफ्नो राम्रो सम्बन्ध रहेपनि यसबारेमा कतै हल्ला नगरेको उनले बताएकी हु्न् । उनले भनेकी थिइन् , ‘म नै हुँ ट्रम्पकी पहिलो पत्नी र अमेरिकाको प्रथम महिला हुँ तर कसैलाई इष्र्या नलागोस् भनेर म शान्त छु ।’

इवानाले अाफ्नो किताब ‘रेसिङ ट्रम्प’ हिजो सार्वजानिक गर्ने क्रममा उनले अाफ्नो र ट्रम्पका सम्बन्धका बारेमा खुलासा गरेकी थिइन् । इवाना र ट्रम्पको विवाह १९७७ मा भएको थियो । उनीहरुका तीन छोराछोरी छन् इभान्का, डोनाल्ड जुनियर र एरिक ट्रम्प । राष्ट्रपति ट्रम्पको अर्कै महिला मार्ला मेपल्ससँग सम्बन्ध रहेका कारण अाफुले ट्रम्पलाई डिभोर्स दिएको उनले बताएककी थिइन् । यसका साथै इवानाले अाफु १५ दिनमा एकपटक मात्र ट्रम्पसँग कुरा गर्ने बताएकी हुन् ।

इवानाकाे यस भनाइलार्इ पनि मेलियानाले आफ्नी प्रवक्ता मार्फत कडा जवाफ दिँदै भनेकी छिन् , ‘ह्वाइट हाउस ब्यारेन र ट्रम्प अनि मेलानिया बस्नका लागि बनाइएको हो । मेलानिया आफ्नो जिम्मेवारीलाई लिएर निकै गम्भीर छिन् र उनी आफ्नो प्रथम महिलाको उपाधी आफ्नो किताब बेच्नका लागि प्रयोग गर्दिनन् । उनी प्रथम महिलाको भूमिका खेल्नमा मात्रै आफ्नो ऊर्जा खर्च गर्छिन् । पूर्वपत्नीको तर्फबाट आएको सो बयानको कुनै अर्थ छैन । सबैको ध्यान केन्द्रित गर्न र आफ्नो किताब बिक्री गराउन यस्तो मूर्खतापूर्ण खेल खेलिएको हो । ’

97 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु