फुटबल खेल्दै गर्दा खेलाडीको मृत्यू

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजित फुटबल प्रतियोगितामा फुटबल खेल्ने क्रममा बेहोस भएका एक खेलाडीको मृत्यू भएको छ ।
खेलका क्रममा बेहोस भएका ठाकुरबाबा नगरपालिका ३ का १७ बर्षिय नरेश थारुको मंगलबार उपचारका लागि नेपालगंज मेडिकल कलेज लैजादैं गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण थारु बेहोस भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

102 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु