नायिका रेखा थापा सवार कार दुर्घटना

काठमाडौं । नेपाली चलचित्रकि नायिका रेखा थापा कार दुर्घटनामा परेकी छन । आज दिउँसो रेखा सवार बा १४ च ४७२ नम्बरको कार चावहिलमा दुर्घटनामा परेको हो ।

रेखाको कारलाई पछाडीबाट आएको ट्रिपरले ठक्कर दिएको गौशलाका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
कारको पछाडीको भाग स्क्रयाच भएपनि नायिका थापालाई केहि नभएको प्रहरीले जनाएको छ ।

ट्रिपर चालक र नायिका थापा गौशला प्रहरीमा छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

100 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु