तपाईको जुत्ता फाटेको छ ? यसरी लैजानुहोस नयाँ जुत्ता !

काठमाडौं । चलचित्र ‘फाटेको जुत्ता’ले चलचित्र प्रमोशनका लागि नयाँ तरिका अपनाएको छ ।आफ्नो नामसँग मिल्ने गरी चलचित्र युनिटले फाटेको जुत्ताको फोटो पठाउँदा नयाँ जुत्ता दिने अफर ल्याएको छ ।

योजना अनुसार आफुसँग भएको फाटेको जुत्ताको फोटो फेसबुकमा पोष्ट गरेर ‘फाटेको जुत्ता’को फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ । यसरी ट्याग गर्ने मध्य २५० जनाले लक्की ड्र मार्फत नयाँ जुत्ता पाँउने फिल्मका निर्माता अर्जुनकुमारले जानकारी दिए ।

हरेक हप्ता लक्की ड्र मार्फत विजयी हुने २५० जनासम्मलाई देशभर घरमै जुत्ता पुर्याइने छ ।

चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ भने चलचित्रको निर्देशन निकेश खड्काले गरेका हुन ।  यस चलचित्रको आइएम सरी बोलको गित चर्चित भएको छ ।

 

69 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु