उत्तर कोरियाली आकाशमा उड्यो अमेरिकी बम बर्षक विमान

एजेन्सी । उत्तर कोरियाले अमेरिकी विमान खसाल्ने धम्कि दिए पनि अमेरिकाले आफ्नो सैन्य अभियान कायम राख्दै बम बर्षक विमान जापनी समुन्द्रमा उडाएको छ । सैन्य अभ्यासका क्रममा ती विमान कोरियाली सिमा नजिक पुगेको सैन्य अधिकारीहरुले बताएका छन ।

दक्षिण कोरयिाले अमेरिकी बम बर्षक विमान बी- १ बी र एफ- १५ ले उडान भरेको पुष्टि गरेको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी बम बर्षक विमान उडाउनु अघि अमेरिकी सुरक्षा सल्लाहकारसँग उत्तर कोरियाको धम्किको जवाफ कसरी दिने भन्ने बिषयमा छलफल गरेको बताइएको छ ।

दक्षिण कोरियाली र जापानी वायु सेनाका विमान पनि संयुक्त अभ्यासमा सहभागी भएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

240 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु