उत्तर कोरियाले दक्षिण कोरियाको महत्वपूर्ण दस्ताबेज चोरेको आरोप

एजेन्सी । दक्षिण कोरियाले आफ्नो महत्वपूर्ण दस्ताबेजहरु उत्तर कोरियाले चोरेको आरोप लगाएको छ । दक्षिण कोरियाले आफ्नो कम्प्यूटर ह्याक गरी उत्तर कोरियाली ह्याकरले दस्ताबेज चोरी गरेको आरोप लगाएको हो ।

चोरी गरिएका सामाग्रीमा दुई कोरियाको युद्धको समयमा भएका सैनिक एवम् सरकारी रणनीतिका साथै युद्ध सम्बन्धित संवेदनशील सामाग्री रहेको दक्षिण कोरियाले खुलासा गरेको छ । उत्तर कोरियाली ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरी अति सम्वेदनशील २३५ गिगा बाइट तथ्यांक चोरेको सत्तारुढ डेमोक्राटिक पार्टीका सांसद रुचिल हिले बताएका छन ।  

103 total views, 9 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु