‘पर्शनल डेभलपमेन्ट प्रोग्राम’ गर्दै गोरखा समाज अष्ट्रेलिया

काठमाडौं । नवआगन्तुक विधार्थी तथा बसाई सरी आएका नेपालीलाई लक्षित गरी गोर्खा समाज अष्ट्रेलियले प्रशनल डेभलपमेन्ट प्रोग्राम गर्ने भएको छ । अष्ट्रेलियको सिड्नीमा आयोजना हुन लागेको उक्त कार्यक्रममा करियर एडभाइजर यान स्टेभेनले करियर डेभलपमेन्टका बारेमा जानकारी दिने छन ।

कार्यक्रममा नवआगन्तुक नेपालीहरुलाई अष्ट्रेलिय मा कसरी भिज्ने, कसरी आफ्नो योग्यता अनुसार काम खोज्ने ,यहाँको वातावरणमा कसरी घुलमिल हुने , यहाँको कानुन र सुरक्षाका बिषयमा जानकारी दिने कुरा संस्थाका कार्यकारी सदस्य सुरेन्द्र दवाडीले बताउनु भयो ।

यसका साथै अस नेपाल न्यूजसँगको कुराकानीका क्रममा उहाँले कार्यक्रम लक्षित समुहमा पुग्ने र उनीहरुको समस्या पहिचान गरी कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको जानकारी उनीहरु समक्ष पु्र्याउने बताउनु भयो ।

कार्यक्रममा सम्बन्धित विषयका विशेषज्ञले समस्याको बारेमा जानकारी दिनुका साथै समाधानका बारेमा बताउने छन । यो कार्यक्रम पूर्ण समाजसेवाको धारणले प्ररित भएकाले सबैलाई कार्यक्रममा उपस्थित भई आफ्नो समस्याको समाधान खोज्न आयोजकले आग्रह गरेका छन ।

कार्यक्रम १४ अक्टोबर शनीबारका दिन एस फिल्ड टाउन हलमा विहान १० बजे देखि ४ बजे सम्म हुनेछ ।

117 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु