पद्यमावतीको ट्रेलर सार्वजनिक ( भिडियो सहित )

काठमाडौं । । रणवीर सिंह, दिपिका पोदुकोन र शाहिद कपुर अभिनित चलचित्र पद्यमावतीको ट्रेलर सार्वजनिक भएको छ । बलिउडका चर्चित निर्देशक संजयलिला बंसाली निर्देशित उक्त चलचित्रमा दिपिका पोदुकोन रानी पद्यमावतीको भूमिकामा देखिदैं छिन ।

फिल्म निर्माण सुरुदेखि नै बिभिन्न विवादका कारण मिडियामा छाएको यस चलचित्रमा बंशालीको पहिलेका चलचित्र जस्तै सफल हुने अनुमान बिश्लेषकले लगाएका छन । बलिउडमा अलग धारका फिल्म बनाउने निर्देशकको छवि बनाएका बंशाालीको यस अघिको फिल्म रामलिलाले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएको थियो ।

फिल्म आगामी डिसेम्बर १ मा रिलिज हुदैं छ । चलचित्रमा शाहिद कपुर र रणवीर सिंहको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

 

121 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु