अमेरिकी हवाई आक्रमणमा परि २५० सिरियालीको मृत्यू

एजेन्सी । अमेरिकी सेनाले गरेको हवाइ आक्रमणमा परि सिरियाको रक्कामा कम्तीमा पनि २५० जनाको ज्यान गएको छ ।

सिरियाको मानव अधिकारवादी संस्थाले चार दिन भित्र हवाई आक्रमणमा कम्तीमा २५० जना मारिएको तथा अन्य कयौं घाइते भएको जनाएको छ ।मारीनेमा सबै सर्वसाधरण जनता रहेको संस्थाले जनाएको छ ।

सिरियाको मानवअधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइटसका अनुसार अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी गत जुन देखि हालसम्म १ हजार १ सय १७ जनाले ज्यान गुमाएका छन । त्यसमा २६७ बालबालिका र १६४ महिला रहेका छन ।

87 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु