माेदीसँग विवाह गर्न धर्ना

असनेपाल न्युज । राजस्थानको जयपुर निवासी एक महिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विवाह गर्न भन्दै धर्ना बसेकी छिन् । ओम शान्ति शर्मा सेप्टेम्बर ८ देखि दिल्लीको जन्तर मन्तरमा विवाह गर्ने आफ्नो इच्छा पूरा गर्न धर्ना बसेकी हुन् ।

पतिले धोका दिएर निकै तनावमा रहेको आफूलाई नरेन्द्र मोदीले मात्रै बुझ्न सक्ने शर्माले बताएकी छन् । नरेन्द्र मोदी आफूभन्दा बढी उमेरका भएकाले उनको सेवा गर्ने इच्छा उनले व्यक्त गरेकी छन् ।

गरीव तथा दुःखीको आवाज सुन्ने मोदीकाे बानी आफूलाई निकै मन पर्ने उनले बताएकी छिन् । यसैगरी उनले  मोदीलाई पाउन जस्तो सुकै तपस्या गर्न आफू तयार रहेको पनि उनले बताइन् ।

76 total views, 4 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु