अष्ट्रेलियामा निर्माण हुने भो पशुपतिनाथ मन्दिर र वौद्धनाथ स्तुपा

काठमाडौं । ।अष्ट्रेलियामा नेपालीहरुको संख्या दिनहुँ वृद्धि भइरहेको छ । धार्मिक आस्था राख्ने नेपालीहरुको संख्या वृद्धिसँगै धार्मिक स्थल निर्माणको आवश्यकता महसुस गर्न थालिएको छ । यहि आवश्यकता पूरा गर्न अष्ट्रेलियामा पनि नेपालका आराध्य देव पशुपतिनाथ र वौद्धनाथ स्तुपाको निर्माण गरीने भएको छ । नेपालीहरुको बढी जनसंख्या रहेको सिड्नीमा पशुपतिनाथ र वौद्धनाथ स्तुपा निर्माण गर्न लागिएको हो ।

अष्ट्रेलियामा सामाजिक काममा सक्रिय रहेको नेपाली हिन्दु समाजले नेपालीहरुको महान चार्ड दशैंको अवसर पारि पशुपति र वौद्धनाथको निर्माण गर्ने घोषणा गर्दै आवश्यक रकम संकलनको लागि अभियान समेत सुरु गरेको छ ।

आयोजकले मन्दिर निर्माण सम्बन्धि आवश्यक छलफल अन्तिम चरणमा पुगेको बताउदैं यस सम्बन्धित सम्पूर्ण योजना छिट्टै सार्वननिक गर्ने
बताएको छ ।

92 total views, 4 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु