चिनियाँ गित गाएर चम्किदै नेपाली युवा !

काठमाडौं । अहिले एक नेपाली ठिटोले आफ्नो कला र गलाका कारण विश्वभर चर्चा कमाइरहेका छन । उनले यसै चर्चा भने कमाएका होइनन। उनको लगन र परिश्रमको सबैले प्रशंशा गरेका हुन । उनी युवा हुन सन्देश देउजा ।

चिनियाँ रियालिटी शो मा भाग लिएर चिनिया भाषामै गित गाएर निकै वाह वाही पाएका छन् ।नेपालीहरुको लागि चाईनीज भाषा निकै कष्टकर भाषा मानीएको छ । नेपालीलाई यस्तो अप्ठेरो लाग्ने भाषामा देउजाले गीत गाएका छन् ।

नेपालीहरुले भारतीय टेलीभिजन च्यानलबाट प्रसारण हुने विभिन्न रियालीटी शो सहभागीता भएर धेरै बिजेत भईसकेका छन् । नेपालीको भारतसँग भाषा र संस्कृति मिल्लो जुल्दो भएका कारण त्यस्ता शोहरुमा नेपालीहरुको सहभागीता धेरै रहेको छ । तर चिनियाँ रियालिटी शो मा भाग लिएको सम्भवत यो नै पहिलो हो । उनको उक्त भिडियो केही समय देखि समाजिक सञ्जालमा भाइरल बन्न सफल भएको छ ।

हेर्नुहोस् उनले प्रस्तुत गरेको शो ।

116 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु