रुपन्देही सामाजिक संञ्जाल अष्ट्रेलिया द्वारा सिड्नीमा दशैं र तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न:

अष्ट्रेलियामा रहेको परोपकारी संस्था रुपन्देही सामाजिक संञ्जाल अष्ट्रेलियाले विजया दशमी र तिहारको उपलक्ष्यमा यस वर्ष पनि दशैं र तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

८ अक्टोबर २०१७ आइतबार आज १२ बजेबाट केन्ड्रिक पार्क कर्नर अफ प्रिन्सेस हाइवेमा गरिएको सो कार्यक्रममा बार्बिक्युब समेत गरिएको थियो। दशैँ तथा तिहारको शुभकामना आदान प्रदान गर्ने सो अवसरमा मनोरञ्जनको निम्ती नेपालीपनमै झण्डी ब्रुजा समेत खेलाईएको थियो। अष्ट्रेलिया सिड्नीमा रहने नेपालीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा नेपालबाट आउनुभएका अभिभावकहरुको पनि उपस्थिती रहेको थियो।

असनेपालन्युजको सानो कुराकानीमा रुपन्देही सामाजीक संञ्जालका अध्यक्ष राज खनालले यस्ता कार्यक्रमले नेपाली नेपाली बिच एकता कायम गर्न मद्दत पुग्ने साथै प्रवासमा रहने पछिल्लो पुस्ताको निम्ती अत्यन्तै महत्वपूर्ण हुने बताए।

122 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु