दसैं पनि परदेशी हुन्छ र ?

प्रेम बानियाँ,अमेरिका

दसैं पनि परदेशी हुन्छ र ?
आस्था र मनको पनि देश हुन्छ र ?

न त दसैं स्वदेशी नै हुन्छ । दसैं त आस्था र मनको पर्व हो । यो त धेरै–धेरै फराकिलो, विशाल अनि ब्यापक हुन्छ शायद रु मान्छेहरु, भूगोल र परिधीहरुभन्दा धेरै । त्यसैले यसपाली हामीले आफ्नो दसैं मनायौं । आमा र माटो सम्झेर संस्कृति मनायौं । धर्म सम्झेर आस्थाको पूजा गर्यौं । आत्मीय र सभ्य संस्कारको सम्मान । जहाँ बसेर मनाए पनि दसैं आफ्नै पर्व लाग्नेरहेछ विशेष ।

क्या संयोग, यसै दसैंका लागि आमा जुम्लाको सिन्जादेखि अमेरिका आउनुभयो र आशिर्वाद दिनुभयो, डोल्पाबाट सुरज उपाध्याय दाइ आउनुभयो, यहीँ रहनुभएका सम्मानित आफन्तजनको आशिर्वादले प्रफुल्लित छौं । सम्झिँदैं आफ्नो माटो र संस्कृतिको सुवास ।

एकै शहरमा रहनुभएका सम्मानित दाइ, भाउजू, साथीभाइहरुको अविरल मायामा रमाइरहेका हामी । यो कति दीर्घखुशीको विषय हो १ यो कति रंगिबिरंगी खुशीको पर्व भयो । अमेरिकाको एटलान्टा शहरमा आफन्तहरुको माया र छाया निकै विशाल र प्रिय छ हाम्रा लागि । आफन्तहरुबाट पाइरहेको न्यानो माया निकै कन्चन र पवित्र छ । क्या, लालित्य छ सम्वन्धमा रु कमाउनु नकमाउनु, लिनु दिनु नदिनु, मीठो नमीठो कुनै स्वार्थ छैन ।

यस्तो लाग्छः हरेक मान्छेलाई स्वागत गर्नका लागि परिस्थिती विशेष विशेष पहिरन लिएर मान्छेअघिल्तिरै उभिएको हुन्छ मात्र मान्छेले परिस्थिती पहिरिन जान्नुपर्दछ । एक पटक सबैसबैमा धेरै धन्यवाद र सम्मान ।

137 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु