अष्ट्रेलियामा सम्पन्न गोर्खाली कप क्रिकेटको उपाधि रोयल राईनोजलाई

काठमाडौं । रोयल राईनोज क्रिकेट क्लबले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न गोर्खाली कप क्रिकेटको उपाधि जितेको छ ।

गोर्खाली क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा सगरमाथा क्रिकेट क्लबलाई १८ दशमलव २ ओभरमा पराजित गर्दै रोयल राईनोजले उपाधि चुमेको हो ।

निर्धारित खेलमा १ सय २१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको रोयल राईनोजले तीन विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । क्लबका मुकेशले २ विकट लिएका थिए भने क्याप्टेन सुनम गौतमले ५१ भन्दा बढी रनमा साझेदारी गर्दै टीमलाई विजयी तुल्याएका थिए ।

सुमन गौतम प्रतियोगिताको म्यान अफ द सिरिज घोषित भए । त्यस्तै प्रतियोगितामा बेष्ट व्याट्सम्यान सगरमाथा क्रिकेट क्लबका असीम सुवेदी बन्न सफल भए उनले प्रतियोगितामा १ सय ५० रन बनाएका थिए ।

यस्तै बेष्ट बलर रोयल राईनोजका चिरञ्जीवी बन्न सफल भए भने बेष्ट फिल्डरको उपाधि कमलेश सोही क्लबका कमलेश घिमिरेले प्राप्त गरे । यस्तै बेष्ट विकेट किपर सगरमाथाका सुसन गुरुङ बन्न सफल भए ।

 

131 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु