कपाल फुल्यो ? सेतो हुनबाट जोगाउन यसो गर्नुहोस्

काठमाडौं । धेरै मानिसहरू कपाल फुल्ने समस्याबाट ग्रसीत भइरहेका हुन्छन् । फुलेको कपालका कारण सौन्दर्यमा ह्रास आउने, व्यक्तित्वमा असर पार्ने तथा मानसीक चिन्ता पनि पैदा हुने गर्छ । यस समस्याबाट छुटकारा पाउन मानिसहरू भएभरको विभिन्न उपायहरू पनि अपनाउने गर्छन् । कतिको लागी लाभदायी पनि हुन्छ त कतिलार्इ कुनै असर गर्दैन । बाहिरी बातावरणको अवस्था, स्वास्थ्य स्थिति, अव्यवस्थित खानपीन र वंशानु गुणका कारण कपाल फुल्ले गर्छ ।

 बजारमा पाइने विभिन्न कम्पनीका मानव निर्मीच कलरले हाम्रो कपाललाई उल्टै हानी पुर्याइरहेको हुन्छ । यस कारण प्याकेटका रङ भन्दा प्राकृतिक वस्तुहरुको प्रयोगमा जोड दिनु पर्ने विशेषज्ञहरु बताउछन् ।

कपाल सेतो हुनबाट जोगाउने केहि प्राकृतिक उपाय यस प्रकार रहेका छन् ।

१. अमला पिसेर लगाउने
रातभर भिजाइएको अमलाको लेप अनि बिहान उठेर लगाउने गर्दा  कपाल फुल्न बन्द हुन्छ ।

२. कालो तिल
कालो तिललाई केही समय पानीमा भिजाएर लगाउने हो भने यसले बढ्दो उमेरमा तपाईको कपाल सेतो हुनबाट बचाउँछ ।

३. काँचो मेवा
काँचो मेवा पिसेर लगाउँदा कपाल कालो भइरहन्छ ।

४. नरिवलको तेल
नरिवलको तेलमा अमला मिसाएर लगाउने गरेमा कपाल चमकदार र स्वस्थ हुनुका साथै कालो पनि हुन्छ ।

314 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु