३ अर्ब ९६ करोडको कचौरा, थाहा पाउनुस् किन ?

बीबीसी । तपाईं सोध्न सक्नुहुन्छ, यो कचौरामा अखिर त्यस्ता के विशेषता छन् जसले यसलाई अर्बौंको मूल्यवान् बनायो । चीनियाँ माटोबाट बनेको यो कचौरा हजार वर्ष पुरानो हो ।

चीनको सांग राजवंशको पालाको यो कचौरा हंगकंगमा मंगलबार रेकर्ड तोड्ने मूल्यमा लिलाम भयो ।

खरिद गर्ने व्यक्तिले यसलाई ३८ मिलियन डलर ९३ अर्ब ९६ करोड रुपैयाँ० को बोली लगाए ।

खरिद गर्ने व्यक्तिले आफ्नो पहिचान नखुलाउने विकल्प चुनेका छन् ।

अक्शन हाउस सोथबेका अनुसार उक्त दुर्लभ चीनियाँ कचौरा २० मिनेटको बोलीमा नै बिक्री भएको हो । केहीले फोनमार्फत बोली लगाए भने धेरैजसो बोली लगाउने अक्शन हाउसमा नै उपस्थित थिए ।

उक्त सानो कचौराको आकार १३ सेन्टिमिटर छ जुन निलो–हरियो रंगको छ । कचौराको महत्वको अन्दाज यसबाट लगाउन सकिन्छ कि यसको सुरुवात १०।२ मिलियन डलरबाट बोली सुरु भयो ।

लिलामी जित्ने व्यक्ति अक्शन रुममा उपस्थित थिएनन् । उनले फोनमार्फत बोली लगाएका हुन् ।

अक्शन हाउस सोथबेमा चीनियाँ कलाकृतिहरुका प्रमुख निकालस काउले उक्त कचौरालाई असाधारण र दुर्लभ बताएका छन् ।

यसअघि सन् २०१४ मा चीनकै मिंग राजवंशको पालाको एक रक्सीको प्याला ३६ मिलियन डलरमा बिक्रि भएको थियो । यसलाई व्यवसायी ली यिकियानले खरिद गरेका थिए ।

 

96 total views, 4 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु