काँग्रेस बुढो रुख हो : अध्यक्ष अोली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बूढो रुख भएको र यसले मुलुकलार्इ गति दिन नसक्ने बताएका छन् । शुक्रबार राजधानीमा पुर्व डीआइजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउने क्रममा उनले यसो भनेका हुन् ।

सोहि कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेसको औचित्य सकिएको र बुढो रुखमा युरिया हाल्नुको कुनै अर्थ नहुने बताएका हुन् । यसैगरी एमालेका लागि बहुमत ल्याउने नभई मुलुकको समृद्धिका लागि वाम गठबन्धन निर्माण गरीएको उनले स्पष्ट पारेका छन्  । उनले भने, ‘कांग्रेसलाई ठूलो चिन्ता परेको छ, एमालेलाई बहुमत ल्याउन वाम गठबन्धन गरिएको होइन, सबैको बुद्धि विवेक मिसाएर मुलुकलाई समुन्नत बनाउन खोजिएको हो,’ ।

89 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु