वाम गठबन्धपछि फोरम र राजपाको पनि नयाँ गठबन्धन (विज्ञप्तिसहित)

काठमाडौं । एमाले माअोवादी र नयाँ शक्ति बीच पार्टी एकताको घोषणा भएसँगै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि संघीय समाजवादी फोरम र राजपाबीच चुनावी गठबन्धन हुने भएको छ ।

राजपा संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अाज संयुक्त विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा साझा उम्मेदवारी दिने बताएका हुन् ।

विज्ञप्तिमा  भनिएको छ ‘आगामी प्रदेश सभा र संसदको निर्वाचनमा आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा उम्मेदवारहरुको रुपमा चुनावमा भाग लिने,उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टीहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहाकार्य गर्ने सहमति गरिएको छ,’ ।

102 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु