अष्ट्रेलियाका आठ शहरमा नेपाल आइडलको सांगीतिक यात्रा

काठमाडौं । अष्ट्रेलियाका आठ शहरमा नेपाल आईडलका टप थ्रीले प्रस्तुती दिने भएका छन । नेपाल आईडलका टप ३ लाई लिएर नेपाली टच अष्ट्रेलियाले कार्यक्रम गर्न लागेको हो।

सांगितिक कार्यक्रममा(कन्सर्ट)पहिलो नेपाल आइडल बुद्ध लामा, फष्ट रनर्सअप निशान भट्टराइ र सेकेन्ड रनर्सअप प्रताप दाले अस्ट्रेलियामा प्रस्तुती दिने छन ।

एभरेष्ट कम्युनिकेशनको प्रस्तुती रहने सिडनीमा हुने कन्र्सट कार्यक्रम ओलम्पीक पार्क स्पोर्ट्स सेन्टरमा डिसेम्वर १ मा हुँदैछ। जहाँ हालसम्म नेपाली कलाकारले कुनै कार्यक्रम गरेका छैनन्।

नेपाल आइडलको अष्ट्रेलियाब्यापी भ्रमण आगामी नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म चल्नेछ। जुन कार्यक्रम सिडनीसँगै ब्रिसबेन,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ।

130 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु