अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई ६ महिना जेल चलान

काठमाडौं । अष्ट्रेलियन सरकारले एक नेपाली विधार्थीलाई जेल चलान गरेको छ । नेपाली विधार्थी विवेक गुराँगाइलाई आफुले काम गर्ने ठाँउको ट्वाइलेटमा क्यामरा राखेर हेर्ने गरेको आरोपमा पक्राउ गरीएको हो ।

अस्ट्रेलियन सरकारले उनको भिषा रद्द गर्दै छ महिना जेलसजाय तोकेको छ। छ महिना जेलसँजायका लागि विवेकलाई बुधबार भिल्लाउड जेल चलान गरिएको छ।

६ महिना जेल सजाय सकिएपछि उनलाइ नेपाल फर्काइने बताइएको छ। सिडनीको सरहिल्समा रहेको उलवर्थ सपीङ सेन्टरमा कार्यरत विवेकले ट्वाइलेटमा क्यामरा राखेर त्यसको फील्माकंन आफुले हेर्ने गरेको आरोप लागेको थियो। एक महीला कामदारले स्टाफ ट्वाइलेटमा क्यामरा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन।

त्यसपछि छानबिनको दौरान विवेकले त्यो क्यामरा राखेको छानबिनमा पत्ता लागेको सिडनी प्रहरीले जनाएको छ। विवेकको मोबाइलमा गत अप्रीलदेखि जुनसम्मका करिब २ सय ५० वटा महिलाहरुको भिडियो फुटेजको फाइल भेटिएको प्रहरीले जनाएको छ।

युवा जोश र एकल परिवेशको खराब उपजका रुपमा गल्ती गरेको विवेकले अदालतसामु स्वाकारेका थिए।

312 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु